प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-०९-२८

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- मिति २०८२।०९।२७ गते १३:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ गल्ली नम्बर ५ स्थित अंकुश गुप्ताले संचालन गरेको ए.जी. मोवाइल कियर सेन्टरमा अवैध भन्सार छलिको समान छ भन्ने गोप्य सुचनाको आधारमा चेकजाँच गर्दा उक्त पसलबाट अन्दाजी मूल्य रु.४,३९,८००।–बराबरको मोवाइल डिस्प्ले, ग्लास, एयरफोन, एयरपोट, डाटा केवल, हेड फोन, चार्जर, मोवाइल स्टेण्ड, ट्याव, साउण्ड बक्स  लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको  । 

      यसैगरी, मिति २०८२।०९।२७ गते १६:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२१,०००।–बराबरको माछा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक प्रकिया पुरा गरि स्थानिय जन प्रतिनिधिको रोहभरमा नष्ट गरेको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।