प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०९-२८

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८२।०९।२७ गते १८:५५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ त्रिनगर व्यारेल नजिकबाट जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.५ बस्ने बर्ष २८ को हरिश विष्टलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट २७ ग्राम ७६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ, २२८ ट्यावलेट स्पास र २० ट्यावलेट नाईट्राभ्याट फेला पारी उक्त लागूऔषध सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।  

     यसैगरी, मिति २०८२।०९।२७  गते १७:५५ बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला कैलाली, गौरीगंगा न.पा.१ लठैया स्थित सोही ठाउँ बस्ने बर्ष ४६ को नन्दलाल उपाध्यायले संचालन गरेको खुद्रा भित्र खानतलासी गर्दा ६८२ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय चौमाला, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   

     यसैगरी, मिति २०८२।०९।२७  गते २१:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.८ रामनगर स्थित जिल्ला बझाङ, केदारस्यु गा.पा.७ बस्ने बर्ष ४५ को जनक बहादुर धामीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ३ के.जी. ५६५ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ, तौल गर्ने तराजु थान-१ र नगद रु. १०,०००।-  फेला पारी उक्त पदार्थ, तराजु र नगद सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   

     कञ्चनपुर:- मिति २०८२।०९।२७ गते १९:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० जर्सिखल्ला स्थित भारत बाट नेपाल तर्फ आउदै गरेको से २ प ९००३ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक ऐ. बेदकोट न.पा. ६ घोड्सुवा बस्ने बर्ष ३१ को सन्तोष बिष्ट र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष ३४ को सागर साँउदको साथबाट ६ ग्राम २२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                      

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-१८

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.९ बङ्ग्राकटान र टिकापुर न.पा.९ खक्रौलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३१,६३०।– बराबरको बिडी, सुर्ति, आँप लगायतका सामानहरु विहीवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० बिद्युत कार्यालय नजिक र बेलौरी न.पा.१ खल्लाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३८,८८०।– बराबरको पेय पदार्थ, अण्डा, मोवाईल कभर, विभिन्न किसिमका कपडा, किराना लगायतका सामानहरु विहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

फरार प्रतिबादी पक्राउ
२०८३-०१-१८

     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०१।१७ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।१. चोरी मुद्दामा ३ महिना कैद सजाय र रु.५,०००।– जरिवाना र अभद्र ब्यबहार मुद्दामा २७ दिन कैद सजाय र रु.३,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १८ भगतपुर बस्ने बर्ष २३ को योगेश माल ।२. लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय र रु. २,००० जरिवाना तोकिएको जिल्ला कञ्चनपुर ,लालझाडी गा.पा.२ कञ्ज बस्ने बर्ष २२ को प्रदिप राना ।       दार्चुला:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत दार्चुलाको मिति २०७२।०२।१३ गतेको फैसलाले हाडनाता करणी सम्बन्धी मुद्दामा १ बर्ष कैद सजाय र रु.१,०००।- जरिवाना तोकिएको जिल्ला दार्चुला, मालिकार्जुन गा.पा.५ डाँडाकोट बस्ने बर्ष ३२ को हरिश राम लुहार र सोही मुद्दामा ५ महिना कैद सजाय र रु.१,०००।– जरिवाना तोकिएकी सोही ठाउँ वस्ने बर्ष ४२ की पार्वती लुहारलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले विहीवार पक्राउ गरेको हो ।    

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-१८

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.६ मटियारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ११० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० को प्रकाश रानालाई विहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी, कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।       यसैगरी, जिल्ला कैलाली भजनी न.पा.३ जस बहादुर घाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६५० मिलिग्राम सहित जोशिपुर गा.पा.५ सिमराना बस्ने १६ वर्षिय किशोरलाई विहीवार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ साईकलमा आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।         कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेदकोट न.पा.३ सामादैजीबाट ६ ग्राम २७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित आफ्नै घरको पछाडी सिढी नजिकबाट बर्ष २७ को केशब बोहरालाई विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लागूऔषधको कारोवार भई रहेको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजलाई खानतलासी गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।       यसैगरी,  जिल्ला कञ्चनपुर बेलौरी न.पा. १० सडकघाटबाट ६ ग्राम ५०० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ सहित अटो चालक बेलडाँडी गा.पा.२ सिंहपाल बस्ने बर्ष ४७ को करन ओखेडा समेत ४ जनालाई विहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले टोलीले भारतबाट नेपाल तर्फ शंकास्पद रुपमा आउदै गरेको सु.प.प्र. ०१-००१ ह ८४४३ नम्वरको डिजल अटोमा सवार निजहरु चारै जनालाई उक्त पदार्थ, अटो सहित पक्राउ गरेको हो ।    

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-१७

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलन चोक र ऐ. ८ राधास्वामी मन्दिर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३९,३९०।– बराबरको पङखा, किराना लगायतका सामानहरु वुधवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ५ बनगाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ३,९७,१००।– बराबरको मोवेल, मार्वल कटर, गेटवाल, भारतिय नम्वर प्लेटको मोटरसाइकल थान-१ लगायतका सामानहरु वुधवार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको हो ।