प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

त्रिभुवन बिश्वबिद्यालय होलोग्राम सहित मानिस नियन्त्रणमा

२०८२-०९-२८

  • A
  • A-
  • A+
Share

       कञ्चनपुर:- मिति २०८२।०९।२७ गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ डोकेबजार स्थित जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ बस्ने बर्ष ४२ को बाबुराम रानालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट Tribhuwan university Kathmandu त्रिभुवन बिश्वबिद्यालय काठमाण्डौँ, नेपाल संगठित बि.स.२०१२, स्थापित वि.स.२०१६ लेखेको त्रिभुवन बिश्व बिद्यालयको ४५,००० (पैचालिस हजार) थान होलोग्राम जस्तो देखिने समान सहित फेलापारी निजलाई प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।    


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।