प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-१०-०१

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।०९।३० गते १५:४५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उपमहानगरपालिका वडा नं १ बसन्त टोल स्थित ऐ.ऐ. बस्ने वर्ष १८ को कृष्ण चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ४१० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   

       कञ्चनपुर:- मिति २०८२।०९।३० गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर बेलौरी न.पा. ८ बुढीयाघाट स्थित जि.कैलाली गोदावरी न.पा. १ विजयानगर बस्ने बर्ष २२ को पारस पार्की, ऐ.ऐ. बस्ने बर्ष अ. २८ को केशव कुञ्जेडा र ऐ.ऐ. बस्ने बर्ष २५ को रोहित कामीलाई शंका लागी चेकजाँच गर्दा पारस पार्किको साथबाट ८१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई प्रहरी चौकी पचुई,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।     

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।