प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-१०-०८

  • A
  • A-
  • A+
Share

    कैलाली:- शारीरिक रुपमा अशक्त भएकी १८ वर्षीया किशोरीलाई मिति २०८२।१०।०६ गते १३:०० वजेको समयमा जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला कैलाली, टिकापुर न.पा.१ एकतापुर बस्ने बर्ष ५२ को रन बहादुर सुनारले निजलाई घरको आगनमा एक्लै बसिरहेको अवस्थामा निजको सुत्ने कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीमा दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टिकापुर,  कैलालीबाट खटिएको प्रहरीले निजलाई पक्राउ गरेको हो ।   

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।