अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-१२-२४
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा
भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०८,५००।– बराबरको
किराना समानहरु र मोबाईलका पार्टहरु लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी
कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे
अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।