प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-१२-२४

  • A
  • A-
  • A+
Share

   कैलाली:- जिल्ला कैलाली धनगढी उपमहागरपालिका वडा नं २ बैयाबेहडी मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ २३० मिलिग्राम सहित जिल्ला कैलाली धनगढी उपमहानगरपालिका वडा नं ८ बस्ने बर्ष २५ को रघुबिर धामीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लागु औषध नियन्त्रण व्यूरो कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

   कैलाली:- जिल्ला कैलाली धनगढी उपमहानगरपालिका ४ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ४ ग्राम १६० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला दार्चुला नौगाड गा.पा.५ बस्ने बर्ष १८ को बसन्त सिंह ठगुन्ना, ऐ.ऐ.३ बस्ने बर्ष २३ को हरि सिंह ठगुन्ना र ऐ.ऐ.४ बस्ने बर्ष २५ को नरेन्द्र सिंह ठगुन्ना रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र लागु औषध नियन्त्रण व्यूरो कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।