जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-१२-२५
- A
- A-
- A+
कैलाली :- २७ वर्षीया महिलालाई जबरजस्ती करणी
गरेको अभियोगमा जिल्ला कैलाली लम्की चुवा नगरपालिका वडा नं ८ सोनपुर बस्ने वर्ष ३०
को कासिम अलि जागालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कासिम अलि जागाले
ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय
टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।