प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८३-०१-०३

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:-  जिल्लाको विभिन्न स्थानहरुबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ७२,२३६।– बराबरको किराना,शृंगार,कपडा र हार्डवेयर लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार
फरार प्रतिवादी पक्राउ
२०८३-०१-२४

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ बस्ने बर्ष ४६ को अनिल चौधरीलाई वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८३।०१।२३  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७३।०४।३२ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १५ दिन कैद सजाय र रु. २,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर,लालझाडी गा.पा.२ कञ्ज बस्ने बर्ष ५५ को सुखराम रानालाई इलाका प्रहरी कार्यालय शंकरपुर,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८३।०१।२३  गते पक्राउ गरेको ।  

दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किदा मृत्यु, घाईते
२०८३-०१-२४

      कञ्चनपुर:-  जिल्ला कञ्चनपुर, शुक्लाफाटा न.पा.८ स्थित भित्रि सडक खण्डमा म २ प ५०५५ नम्बरको मोटरसाइकल र से ६ प ५९१३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा से ६ प ५९१३ नम्बरको मोटरसाइकल चालक जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.८ पारीफाटा बस्ने बर्ष ४५ को मिन बहादुर जागरी गम्भिर घाईते भई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा वुधबार वेलुकी मृत्यु भएको हो, सोही मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष ५५ को मंगल महरा र म २ प ५०५५ नम्बरको मोटरसाइकल चालक शुक्लाफाटा न.पा.८ पारीफाटा बस्ने बर्ष ४२ को कम्मान सिह ठगुन्ना घाइते भई मायामेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको छ  । दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।