प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागु औषध सहित मानिस नियन्त्रणमा

२०८३-०१-०४

  • A
  • A-
  • A+
Share

   कैलाली:- धनगढी उपमहानगरपालिका वडा नं २ त्रिनगरबाट ६५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित जिल्ला कैलाली गोदावरी न.पा.१ बस्ने बर्ष २१ को राज बि.कलाई बिहिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

    यसैगरी, धनगढी उपमहानगरपालिका वडा नं ३ त्रिनगरबाट २ ग्राम २२० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित जिल्ला कैलाली गोदावरी न.पा. ६ बडैया बस्ने बर्ष २२ को राज कुमार घर्तीलाई बिहिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी,कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

     यसैगरी, गोदावरी न.पा. १ स्थित शिवशक्ती महारुद्र स्टिल तथा आल्मुनियम उद्योगबाट ३ ग्राम ९२० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ऐ.ऐ. २ बस्ने  बर्ष २७ को दिकसन पन्तलाई विशेष सुचानाको आधारमा बिहिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

    कञ्चनपुर:- बेलौरी न.पा. ८ पचुई स्थित  जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. ७ बस्ने बर्ष ३४ को माहादेव रानाले चलाएको से.७ प २९२५ नं.को मो.सा.मा सवार ऐ.ऐ.बस्ने बर्ष अं.२६ सुकविन्द्र राना समेतलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ३२० मिलिग्राम सहित बिहिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरीले दुबै जनालाई मो.सा. सहित पक्राउ गरेको हो ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।