प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८३-०१-०६

  • A
  • A-
  • A+
Share

    कैलाली:-   कैलाली जिल्लाको विभिन्न स्थानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,३८,४५०।– बराबरको फेन्सी कपडा र किराना लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

   कञ्चनपुर:-   जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ वनदेवि जंगल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ५७,०५०।– बराबरको चप्पल र किराना सामान शनिबार इलाका प्रहरी कार्यालय गुलरिया,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

सम्बन्धित समाचार
अबैध लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-०६

    कञ्चनपुर:- कञ्चनपुर बेलौरी न.पा.१० सडकघाट स्थितबाट जिल्ला कन्चनपुर पुनर्वास न.पा. ३ बस्ने बर्ष २४ को बिजय गिरीले चलाएको सु.प.प्र.०१-०१३ प.२६८१ नं.को मो.सा.लाई शंका लागी चेकजाँच गर्दा मो.सा. पछाडी ऐ.ऐ.वडा नं ७ बस्ने बर्ष २१ को अमन तामाङ,जिल्ला चितवन भरतपुर महानगरपालिका १४ शिबनगर बस्ने बर्ष २४ को रोहन बि.क.को साथबाट २ ग्राम १९० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र ट्रमाडोल क्याप्सुल ५ पिस समेत फेला पारी शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुँडा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मो.सा. सहित तिनै जनालाई पक्राउ गरेको हो ।     यसैगरी, कञ्चनपुर पुनर्वास न.पा.५ पैसठ्ठी बिघा स्थितबाट ऐ.ऐ. बस्ने वर्ष २० को रोहन तामाङले चलाएको प्रदेश ३-०९२ प १११ नम्बरको मो.सा.लाई शंका लागी चेकजाँच गर्दा मो.सा. पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष २२ को बिरेन्द्र रानाको साथबाट ९ ग्राम ४३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र  लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले दुबै जनालाई मो.सा. सहित पक्राउ गरेको हो ।   यसैगरी, जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.९ राजघाट स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५८ मिलिग्राम सहित ऐ.ऐ. बस्ने वर्ष ३१ को अनिल  रानालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय रैकवार,कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-०४

   कैलाली:- धनगढी उपमहानगरपालिका वडा नं २ त्रिनगरबाट ६५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित जिल्ला कैलाली गोदावरी न.पा.१ बस्ने बर्ष २१ को राज बि.कलाई बिहिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।    यसैगरी, धनगढी उपमहानगरपालिका वडा नं ३ त्रिनगरबाट २ ग्राम २२० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित जिल्ला कैलाली गोदावरी न.पा. ६ बडैया बस्ने बर्ष २२ को राज कुमार घर्तीलाई बिहिबार दिउसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी,कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।     यसैगरी, गोदावरी न.पा. १ स्थित शिवशक्ती महारुद्र स्टिल तथा आल्मुनियम उद्योगबाट ३ ग्राम ९२० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ऐ.ऐ. २ बस्ने  बर्ष २७ को दिकसन पन्तलाई विशेष सुचानाको आधारमा बिहिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।     कञ्चनपुर:- बेलौरी न.पा. ८ पचुई स्थित  जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. ७ बस्ने बर्ष ३४ को माहादेव रानाले चलाएको से.७ प २९२५ नं.को मो.सा.मा सवार ऐ.ऐ.बस्ने बर्ष अं.२६ सुकविन्द्र राना समेतलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ३२० मिलिग्राम सहित बिहिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरीले दुबै जनालाई मो.सा. सहित पक्राउ गरेको हो ।