प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागु औषध सहित मानिस नियन्त्रणमा

२०८३-०१-०६

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- कञ्चनपुर बेलौरी न.पा.१० सडकघाट स्थितबाट जिल्ला कन्चनपुर पुनर्वास न.पा. ३ बस्ने बर्ष २४ को बिजय गिरीले चलाएको सु.प.प्र.०१-०१३ प.२६८१ नं.को मो.सा.लाई शंका लागी चेकजाँच गर्दा मो.सा. पछाडी ऐ.ऐ.वडा नं ७ बस्ने बर्ष २१ को अमन तामाङ,जिल्ला चितवन भरतपुर महानगरपालिका १४ शिबनगर बस्ने बर्ष २४ को रोहन बि.क.को साथबाट २ ग्राम १९० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ र ट्रमाडोल क्याप्सुल ५ पिस समेत फेला पारी शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुँडा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मो.सा. सहित तिनै जनालाई पक्राउ गरेको हो ।

     यसैगरी, कञ्चनपुर पुनर्वास न.पा.५ पैसठ्ठी बिघा स्थितबाट ऐ.ऐ. बस्ने वर्ष २० को रोहन तामाङले चलाएको प्रदेश ३-०९२ प १११ नम्बरको मो.सा.लाई शंका लागी चेकजाँच गर्दा मो.सा. पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष २२ को बिरेन्द्र रानाको साथबाट ९ ग्राम ४३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र  लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले दुबै जनालाई मो.सा. सहित पक्राउ गरेको हो ।

   यसैगरी, जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.९ राजघाट स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५८ मिलिग्राम सहित ऐ.ऐ. बस्ने वर्ष ३१ को अनिल  रानालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय रैकवार,कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।