प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागु औषध सहित मानिस नियन्त्रणमा

२०८३-०१-०७

  • A
  • A-
  • A+
Share

  कैलाली :-  कैलाली गोदावरी न.पा.०२ वसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित जिल्ला डोटी शिखर न.पा. २ बस्ने बर्ष २५ को कृष्ण दमाईलाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

  यसैगरी, लम्कीचुहा न.पा.वडा न. १ थपालिपुर स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रकाश शर्मालाई आईतबार  दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्की,कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

  यसैगरी, भजनी न.पा.३ कुसुमघाट स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित जिल्ला कैलाली जोशिपुर गा.पा.७ घैला बौनिया बस्ने बर्ष ३० तेज बहादुर मौनीलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनी,कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

  कञ्चनपुर :-  बेलडाँडी गाउँपालिका वडा नं ३ बनपुरुवा स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित जिल्ला कन्चनपुर बेलडाँडी गाँउपालिका वडा नं ३ बस्ने बर्ष २२ को सुनिल चौधरी र ऐ. ऐ. बस्ने बर्ष १८ को हसिव चौधरीलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुँडा,कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

  यसैगरी, कञ्चनपुर बेलौरी न.पा.१० दर्सिखल्ला स्थितबाट जिल्ला कन्चनपुर बेतकोट न.पा.६ ओझाखाली बस्ने बर्ष ३२ को इश्वर डगौराले चलाएको सु.प.प्र ०२-००३प. २३७३ नं को मो.सा.लाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट १० ग्राम ५२० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोही मो.सा. पछाडी सवार ऐ.ऐ. ५ बस्ने २५ वर्षिया आकाश डगौरालाई आईतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मो.सा. सहित दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०३-११

    कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ जवलपुरबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३५,०४०।- बराबरको डाटा केवल, चार्जर, ऐरपोर्ड, स्मार्ट वाच, मेगा फोन, गेमिङ चेयर, हेडफोन लगायतका सामानहरु वुधबार साँझ इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.६ प्रेमनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४९,५९०।– बराबरको कुलर, इलोक्ट्रोनिक्स लगायतका सामानहरु वुधबार दिउँसो इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-११

      कैलाली:- जिल्ला कैलाली कैलारी गा.पा.५ पबेराबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १६० मिलिग्राम सहित २ जनालाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष २७ को सुसान्त चौधरी र गौरिगंगा न.पा.८ बस्ने बर्ष ३३ को हेइमन बखरिया रहेका छन् । इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा  उक्त पदार्थ फेला पारि उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      यसैगरी, जिल्ला कैलाली भजनी न.पा.१ भजनी बजारबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ५७० मिलिग्राम, नगद भारतिय रुपयाँ रु.१३,०००।– र नेपाली रुपयाँ रु.८१४० सहित २ जनालाई वुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टिकापुर न.पा.१ घन्टाघर बस्ने बर्ष २५ की प्रेयंका चौधरी र भजनी न.पा.८ सोनाफांटा बस्ने बर्ष २२ की कमला परियार रहेका छन् । बिशेष गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा  उक्त पदार्थ र नगद फेला पारि पक्राउ गरेको हो ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-१०

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१६ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ६४० मिलिग्राम र डिजिटल काटा थान-१ सहित सोही ठाउँ बस्ने सुरेश बोहरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.१७ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ३१० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २५ को सुरेश चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    यसैगरी, जिल्ला कैलाली कैलारी गा.पा.७ हौसलपुरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ २४ ग्राम ४०० मिलिग्राम सहित देश भारत लखिमपुर खिरी बेलापर्शुवा बस्ने बर्ष ४७ को हरि चन्द्र कठरियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    यसैगरी, जिल्ला कैलाली टिकापुर न.पा.७ डाँडाबनबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ८ ग्राम ७३० मिलिग्राम र लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ ५७० मिलिग्राम टिकापुर न.पा.२ राजिपुर बस्ने बर्ष ३३ को संन्जय नगार्जी समेत ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले निजहरूलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी, जिल्ला कैलाली लम्कीचुहा न.पा.४ भल्काबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ११० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष ३१ को गणेश थापालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     दार्चुला:- जिल्ला दार्चुला महाकाली न.पा ४ मोहतीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ १३ ग्राम सहित दुहु गा.पा.४ बस्ने बर्ष ४३ को राजेन्द्र सिह कुँवरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित पक्राउ गरेको हो ।