प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८३-०१-०८

  • A
  • A-
  • A+
Share

    कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय र रु. १५,०००।– जरीवाना तोकिएको जिल्ला कैलाली घोडाघोडी नगरपालीका वडा १ बस्ने बर्ष २४ को जिबन कुमार पार्कीलाई इलाका प्रहरी कार्यालय सुख्खड,कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार निजको घर ठेगानाबाट पक्राउ गरेको हो । 

सम्बन्धित समाचार
अबैध लागु औषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-०७

  कैलाली :-  कैलाली गोदावरी न.पा.०२ वसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित जिल्ला डोटी शिखर न.पा. २ बस्ने बर्ष २५ को कृष्ण दमाईलाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती,कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    यसैगरी, लम्कीचुहा न.पा.वडा न. १ थपालिपुर स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रकाश शर्मालाई आईतबार  दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्की,कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    यसैगरी, भजनी न.पा.३ कुसुमघाट स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित जिल्ला कैलाली जोशिपुर गा.पा.७ घैला बौनिया बस्ने बर्ष ३० तेज बहादुर मौनीलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनी,कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    कञ्चनपुर :-  बेलडाँडी गाउँपालिका वडा नं ३ बनपुरुवा स्थितबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ६० मिलिग्राम सहित जिल्ला कन्चनपुर बेलडाँडी गाँउपालिका वडा नं ३ बस्ने बर्ष २२ को सुनिल चौधरी र ऐ. ऐ. बस्ने बर्ष १८ को हसिव चौधरीलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुँडा,कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    यसैगरी, कञ्चनपुर बेलौरी न.पा.१० दर्सिखल्ला स्थितबाट जिल्ला कन्चनपुर बेतकोट न.पा.६ ओझाखाली बस्ने बर्ष ३२ को इश्वर डगौराले चलाएको सु.प.प्र ०२-००३प. २३७३ नं को मो.सा.लाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट १० ग्राम ५२० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोही मो.सा. पछाडी सवार ऐ.ऐ. ५ बस्ने २५ वर्षिया आकाश डगौरालाई आईतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मो.सा. सहित दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-०६

    कैलाली:-   कैलाली जिल्लाको विभिन्न स्थानबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,३८,४५०।– बराबरको फेन्सी कपडा र किराना लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।    कञ्चनपुर:-   जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ वनदेवि जंगल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ५७,०५०।– बराबरको चप्पल र किराना सामान शनिबार इलाका प्रहरी कार्यालय गुलरिया,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।