प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

धारिलो हतियार प्रहार गरी मानिसको हत्या

२०८३-०१-०८

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर :- मिति २०८३।०१।०८ गते ०१:३६ बजेको समयमा जिल्ला कञ्चनपुर पुर्नवास न.पा. ५ भानुबस्ती स्थित ऐ.ऐ. बस्ने वर्ष १८ को उज्जल सायरलाई  नामथर वतन नखुलेको व्याक्तिले छातीमा धारिलो हतियार प्रहार गर्दा गम्भिर घाईते बनाई भागी फरार रहेको, घाइते उज्जल सायरको उपचारको क्रममा  मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको, घटना स्थलमा इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती,कञ्चनपुरबाट प्रहरी टोली खटि गई धारिलो हतियार प्रहार गर्ने व्यक्तिको खोजतलास भईरहेको, घटना सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।