जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०१-०९
- A
- A-
- A+
अछाम :- ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा.-२ बस्ने वर्ष अं.५८ को राजन फुयाँल शर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । शर्माले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।