प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०१-११

  • A
  • A-
  • A+
Share

     कैलाली:- जिल्ला कैलाली कैलाली गोदावरी न.पा.१ बाट ५१० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २५ को राजन हमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बिशेष सुचनाको आधारमा निजको घर नजिकै रहेको कुखुराको फर्मको मुनितिर लुकाई छिपाई राखेको अवस्थामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।  

     यसैगरी,  जिल्ला कैलाली घोडाघोडी न.पा.५ देउकलियाबाट सोही नगरपालिका साडेपानी बस्ने बर्ष १९ को पुर्ण बहादुर बिष्ट र बर्ष १९ को सुरज नेपालीलाई नियन्त्रित लागूऔषध Nitrazepam १७० tablets र चक्कु थान १ (एक)  सहित बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरीले निजहरुको साथबाट उक्त लागूऔषध फेला  पारी पक्राउ गरेको हो ।

      यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ पुरानो भन्सार रोडबाट ४८० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २८ को जिवन बहादुर खड्का र जिल्ला कञ्चनपुर, पुनर्बास न.पा.६ बस्ने १८ बर्षिय किशोरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सेवन गरि रहेको अवस्थामा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।  

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ कञ्चन बहुमुखी क्याम्पस नजिकबाट ४३० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष ३२ को हर्क बहादुर देउवा र सोही नगरपालिका ६ सिङपुर बस्ने बर्ष ३६ को दिल बहादुर चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । लागूऔषध सेवन गरिरहेका छन भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गुलरियाकञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजहरु दुवै जनालाई उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो । 

     यसैगरी,  जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा. २ लठ्ठाघाट स्थित सोही ठाउँ बस्ने वर्ष ४० को गोर्खे दमाईले सञ्चालन गरेको पसलबाट ९ ग्राम ८३० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित निज र निजको १८ बर्षिय छोरालाई विहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दोधरा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।

      यसैगरी,  जिल्ला कञ्चनपुर शुक्लाफाँटा न.पा.१० नगरपालिका रोडबाट २१.४७ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित सोही नगरपालिका ९ सिसैया बस्ने बर्ष ७० को भिम बहादुर ऐरलाई विहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले संकास्पद बसि रहेको अवस्थामा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।