प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०१-१२

  • A
  • A-
  • A+
Share

      कैलाली:- जिल्ला कैलाली घोडाघोडी न.पा.१० पहलमानपुरबाट ३३० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष १९ को शंकर भट्ट र १८ वर्षिय किशोरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारीआवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।  

      कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ गड्डाचौकी ७ नम्वर नजिकबाट ४.८६ ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका ६ बस्ने बर्ष ३१ को राम धानुकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गोप्य सुचनाको आधारमा भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको अवस्थामा लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।

       यसैगरी, जिल्ला कञ्चनपुर बेदकोट न.पा.८ गाउजी अमर सामुदायीक बनको गेट नजिकबाट १८० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित भिमदत्त न.पा.३ बस्ने बर्ष २३ को बिशाल बिष्टलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट गैलनदी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।  

      यसैगरी,  जिल्ला कञ्चनपुर बेलौरी न.पा. १० स्थित ४ नम्बर किल्ला नजिकबाट १ ग्राम ४४० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ सहित बेलडाँडी गा.पा.१ सिद्धचोक बस्ने बर्ष २६ को मनोज सिंह डडाललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा सु.प.प्र. ०१-०१० प ३१८६ नम्बरको मोटरसाइकलमा सवार निजलाई उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।    

     डडेल्धुरा:- जिल्ला डडेल्धुरा सल्लाघारी स्थित सोही ठाउँ बस्ने बर्ष ५२ को दुर्लब सिहं खड्काले संचालन गरेको खड्का मदिरा पसलबाट ५.२२ ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित निजलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले निजलाई शंका लागि खानतलासी गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो ।   

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।