अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-१३
- A
- A-
- A+
कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ सारदा स्कुल नजिक र कैलारी गा.पा.३ भितरियबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३२,०००।– बराबरको धोती, कुर्ता, साडी, धनियाँ लगायतका सामानहरु शनिबार सूदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।