जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
२०८३-०१-१५
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी
उ.म.न.पा.१ शान्तिनगर स्थित ऐ.ऐ.बस्ने बर्ष ३८ को धर्बेन्द्र कोलीको घरमा जुवातास
खेलिरहेको अवस्थामा निज धर्बेन्द्र कोली सहित ६ जनालाई सोमबार वेलुकी प्रहरीले
पक्राउ गरेको छ । जुवातास खेलिरहेका छन भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी
कार्यालय धनगढी,कैलालीबाट खटिएको प्रहरीले निजहरूलाई नगद रु.९९,३००।– र ६ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान
गरिरहेको छ ।