अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८३-०१-२०
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ बडराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,७१,२००।– बराबरको पेय पदार्थ र मोटरसाइकल थान-२ सहित जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.७ बस्ने बर्ष २७ को धुर्व राना र सोही ठाउँ बस्ने बर्ष २९ को सदिश रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिवार साँझ फेला पारी उक्त पेय पदार्थ, मोटरसाइकल र निजहरु दुवै जनालाई नियन्त्रण लिएको हो ।