प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०१-२०

  • A
  • A-
  • A+
Share

       कैलाली:- धनगढी उ.म.न.पा.२ एलायन्स स्कुल नजिकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ४ ग्राम १० मिलिग्राम सहित सोही उ.म.न.पा.३ बस्ने ३५ को किसन बुडाल समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले निजहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

       यसैगरी,  जिल्ला कैलाली कैलारी गा.पा.५ मनिकापुरबाट ३ ग्राम ७५० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित ऐ.गोबरैला बस्ने बर्ष २५ को धिरज चौधरी र सोही ठाउँ वस्ने १६ बर्षिय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरीले टोलीले सु.प.प्र.०१-०१० प ४६३८ नम्बरको मोटरसाइकलमा सवार निजहरु दुवै जनालाई उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।     

      यसैगरी, जिल्ला कैलाली लम्कीचुहा न.पा.१ बसपार्कबाट २६० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने १८ वर्षिय दुई जना किशोरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।  

     यसैगरी,  जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ त्रिनगर ब्यारेल नजिकबाट देश भारत बिजनोर बस्ने बर्ष ३० को जमसेद आलमलाई नियन्त्रित लागूऔषध स्पास्मो ४९ ट्याब्लेट सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त लागूऔषध फेला  पारी पक्राउ गरेको हो ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।