प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नक्कली खुकुरी चुरोट सहीत २ जना मानिस पक्राउ

२०८३-०१-२०

  • A
  • A-
  • A+
Share

       बझाङ:-  जिल्ला बझाङ जयपृथ्वी न.पा.१० जिपपार्क स्थित जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.९ बस्ने बर्ष ३२ को पंकज चौधरीले चलाएको सु.प.प्र.००१ क २५५२ नम्बरको मिनि ट्रक भित्र रहेको ९ पेटी १० डण्डा नक्कली खुकुरी चुरोट सहित निज ट्रक चालक र ट्रक साहु जिल्ला बैतडी, पाटन न.पा.२ बस्ने बर्ष २१ को हेमराज पाण्डेयलाई शनिबार वेलुकी प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले टोलीले उक्त ट्रक चेकजाँच गर्दा नक्कली खुकुरी चुरोट फेला पारि  ट्रक, नक्कली चुरोट, ट्रक चालक र ट्रक साहु सहित दुवै जनालाई पक्राउ गरेको हो ।  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।