अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-२२
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.८ धनगढी गाउबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ६०० मिलिग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष २८ को नरेश चौधरी, बर्ष २२ को सुरेश चौधरी र सोही उ.म.न.पा.११ बस्ने बर्ष २६ भक्त राज राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले टोलीले निजहरु तिनै जनालाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।