प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मृत अवस्थामा फेला

२०८३-०१-२२

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर पुनर्वास न.पा.११ रामजानकी टोल बस्ने बर्ष ४६ को फिरु चौधरी घर देखी सय मिटर टाढा खेतमा सोमबार साँझ मृत अवस्थामा फेला परेका छन् ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०१-२०

       कैलाली:- धनगढी उ.म.न.पा.२ एलायन्स स्कुल नजिकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ४ ग्राम १० मिलिग्राम सहित सोही उ.म.न.पा.३ बस्ने ३५ को किसन बुडाल समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले निजहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       यसैगरी,  जिल्ला कैलाली कैलारी गा.पा.५ मनिकापुरबाट ३ ग्राम ७५० मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित ऐ.गोबरैला बस्ने बर्ष २५ को धिरज चौधरी र सोही ठाउँ वस्ने १६ बर्षिय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरीले टोलीले सु.प.प्र.०१-०१० प ४६३८ नम्बरको मोटरसाइकलमा सवार निजहरु दुवै जनालाई उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।           यसैगरी, जिल्ला कैलाली लम्कीचुहा न.पा.१ बसपार्कबाट २६० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने १८ वर्षिय दुई जना किशोरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजहरुको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।       यसैगरी,  जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ त्रिनगर ब्यारेल नजिकबाट देश भारत बिजनोर बस्ने बर्ष ३० को जमसेद आलमलाई नियन्त्रित लागूऔषध स्पास्मो ४९ ट्याब्लेट सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त लागूऔषध फेला  पारी पक्राउ गरेको हो ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-२०

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु भजनी न.पा.३ थेकिपुर र टिकापुर न.पा.६ भर्तापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३७,५००।– बराबरको युरिया मल, तरकारीमा हाल्ने बिषादी लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बेलौरी न.पा.१ खल्ला, ऐ.२ बैजुडाँडा र ऐ.६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,१३,२२०।– बराबरको चिनी, दुध पाउडर, सरप, सुर्ति, खानेतेल, चियापत्ति, पानिपुरी, पटौका, पेय पदार्थ, प्लाष्टिक झिल्ली लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

नक्कली खुकुरी चुरोट सहीत २ जना मानिस पक्राउ
२०८३-०१-२०

       बझाङ:-  जिल्ला बझाङ जयपृथ्वी न.पा.१० जिपपार्क स्थित जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.९ बस्ने बर्ष ३२ को पंकज चौधरीले चलाएको सु.प.प्र.००१ क २५५२ नम्बरको मिनि ट्रक भित्र रहेको ९ पेटी १० डण्डा नक्कली खुकुरी चुरोट सहित निज ट्रक चालक र ट्रक साहु जिल्ला बैतडी, पाटन न.पा.२ बस्ने बर्ष २१ को हेमराज पाण्डेयलाई शनिबार वेलुकी प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले टोलीले उक्त ट्रक चेकजाँच गर्दा नक्कली खुकुरी चुरोट फेला पारि  ट्रक, नक्कली चुरोट, ट्रक चालक र ट्रक साहु सहित दुवै जनालाई पक्राउ गरेको हो ।