प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०१-२५

  • A
  • A-
  • A+
Share

   कैलाली:- जिल्ला कैलाली बर्दगोरिया गा.पा.१ झगडपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १०० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष ३१ को गणेश मल्ललाई  विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुर बौनिया, कैलालीबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । 

   यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा. ४ बसपार्क नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ६० मिलिग्राम सहित २ जनालाई विहीबार वेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उ.म.न.पा.२ बस्ने १८ वर्षिय किशोर र जिल्ला कञ्चनपुर पुर्नवास न.पा. ११ बस्ने बर्ष १९ को निशान ढकाल  रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलडाँडी गा.पा.२ क्याम्प चेकपोष्ट नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ६ मिलिग्राम सहित ३ जनालाई विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त न.पा.४ गोबरीया बस्ने बर्ष २९ को अमित चौधरी, सोही न.पा.१८ सालघाँरी बस्ने बर्ष २७ को शेखर चौधरी र शुक्लाफाँटा न.पा.७ झण्डभोज बस्ने बर्ष २४ को सुशिल डगौरा रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

     यसैगरी, जिल्ला कञ्चनपुर बेदकोट न.पा.१ चम्पापुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ५ ग्राम ४०० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ बर्षिय किशोरलाई प्रहरीले पक्राउ गरेको छ भने चेकजाँच गर्ने क्रममा सोही ठाउँ बस्ने बर्ष २४ को निरज शाह भागि फरार रहेको छ निजको प्रहरीले खोजतलास गरिरहेको छ । अस्थायी प्रहरी बिट चम्फापुर, कञ्चनपुरबाट खटिएको प्रहरीले निजलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सम्बन्धित समाचार