अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०१-२७
- A
- A-
- A+
कैलाली:- कैलाली
जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ सिसा पोष्ट र भजनी न.पा.५
पगियापसारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०२,२००।– बराबरको
धोती, सुटपिस, भाँडाकुडा, सिद्रामाछा
लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट
खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा
गरि नियन्त्रणमा लिएको हो ।
यसैगरी, जिल्ला कैलाली
धनगढी उ.म.न.पा. १९ फुलबारी घाटबाट अबैंध रुपमा नेपालबाट भारत तर्फ भन्सार छलि गरि
लैजादै गरेका अन्दाजी मूल्य रु.७०,०००।– बराबरको बाख्रा
शनिवार साँझ इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट
खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा
गरि नियन्त्रणमा लिएको हो ।