प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०१-२७

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.२ त्रिनगर भन्सार नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ २६० मिलिग्राम सहित जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.७ बस्ने बर्ष २३ को भुवन ऐरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरकैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।

   यसैगरी, जिल्ला कैलाली भजनी न.पा.३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ४९० मिलिग्राम सहित जानकी गा.पा.७ बस्ने बर्ष ३० को रामकृष्ण थारुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरकैलालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, साइकल सहित निजलाई पक्राउ गरेको हो ।

   यसैगरी, जिल्ला कैलाली जानकी गा.पा.१ गुजरुवा चौराहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ८४० मिलिग्राम सहित जानकी गा.पा.५ पथरैया बस्ने बर्ष २६ को अशोक चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरकैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।

     कञ्चनपुर, जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका-१० गड्डाचौकी ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित कैलाली गौरीगंगा नगरपालिका-३ चौमला बस्ने १९ वर्षीय आयुष नेपालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

     यसैगरीजिल्ला कञ्चनपुर भिमदत्त न.पा.१३ बडैपुरबाट १४० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २९ को विक्की कुवँरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।