आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
२०८३-०१-२८
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेदकोट न.पा.१० चथरी बस्ने गणेश सुनार र सोही ठाउँ बस्ने चक्र सुनारको संगै जोडिएको एक
/एक तले कच्चि गोठमा नजिकै खेतमा जलाएको आगो गोठमा सल्किन गई गणेश सुनारको काठ जस्ता
पाता लगायतका सामानहरु गरि अन्दाजी रु.२,५०,०००।– बराबरको र चक्र सुनारको गोठ भित्र राखेको खाद्यान्न लगायतका
सामानहरु गरि अन्दाजी रु.१,५०,०००।–
बराबरको गरि जम्मा अन्दाजी रु.४,००,०००।- बराबरको धनमाल आइतबार दिउँसो जलेर नष्ट
भएको हो, मानविय तथा चौपाया क्षती नभएको, आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा
आगलागी नियन्त्रणमा लिईएको हो ।