प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०१-२९

  • A
  • A-
  • A+
Share

      कैलाली:- जिल्ला कैलाली भजनी न.पा.८ बदला चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ६०० मिलिग्राम सहित टिकापुर न.पा.१ बस्ने बर्ष २५ को बिष्णु कठायत र सोही न.पा. १० बस्ने बर्ष १९ को धर्मेन्द्र शाहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरकैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।

      यसैगरी, जिल्ला कैलाली गौरीगंगा न.पा.८ चमारीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम १५० मिलिग्राम सहित सोही ठाउँ बस्ने १७ वर्षिय किशोरलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । निजले घरमा लागूऔषधको कारोबार गरिरहेको छ सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मसुरियाकैलालीबाट खटिएको प्रहरीले शरिर तथा घरमा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।