प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०१-३०

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली बर्दगोरिया गा.पा.६ पृथ्वीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ २५० मिलिग्राम सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष ३५ को राजेन्द्र चौधरी, बर्ष २५ को सन्देश डगौरा र बर्ष २० को बिनोद चौधरी रहेका छन । इलाका प्रहरी कार्यालय सडकपुरकैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई पक्राउ गरेको हो ।

      कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० भुडाँ मैलीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १४ ग्राम ८४० मिलिग्राम सहित बेलडाँडी गा.पा.१ रौलेश्वर बस्ने बर्ष २२ को हरेन्द्र साउँदलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलडाँडीकञ्चनपुरबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि  उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।