प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध भरुवा बन्दुकसहित पक्राउ

२०८३-०१-३१

  • A
  • A-
  • A+
Share

      बैतडी:- जिल्ला बैतडी पाटन न.पा.२ कफलचुडा बस्ने बर्ष ४० को सुरेन्द्र मल्ललाई भरूवा बन्दुक १ थान सहित वुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । निजको घरमा भरुवा बन्दुक रहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरी चौकी खोड्पे, बैतडीबाट खटिएको प्रहरीले निजको घर खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार फेला पारी उक्त हतियार सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।