प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०२-०२

  • A
  • A-
  • A+
Share

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १९ ग्राम १६० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला बर्दिया, राजापुर न.पा. ४ बस्ने बर्ष ३० को तेज बहादुर बिटालु र जिल्ला सुर्खेत बिरेन्द्र नगर न.पा. १२ बस्ने बर्ष १९ को सोहन नेपाली रहेका छन । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले अटोमा सवार रहेका निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो ।

      यसैगरी, जिल्ला कैलाली गोदावरी न.पा. २ महेन्द्रनगर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १२० मिलिग्राम सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.७ घर भई हाल जिल्ला कैलाली गोदावरी न.पा.२  बस्ने बर्ष ३६ को तिलक वलि, धनगढी उ.म.नपा.१० बस्ने बर्ष १९ की संगिता राना, कैलारी गा.पा.८ बस्ने बर्ष १९ की नबिना चौधरी र जिल्ला बझाङ, जयपृथ्वी न.पा.७ बस्ने बर्ष १९ की अस्मिता खत्री रहेका छन । लागूऔषधको कारोबार भैइरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले तिलक बहादुर वलीले संचालन गरेको आर. बि. होटेलमा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु चारै जनालाई पक्राउ गरेको हो ।

       यसैगरी:- जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट ३ ग्राम ६६० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कैलाली, लम्की चुहा न.पा.१ बस्ने बर्ष २१ को दिच्छु चौधरी, बर्ष १९ को राजेश सोप बराल र  १८ बर्षिय किशोर रहेका छन । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले बा ६२ प २९७६ नम्बरको स्कुटरमा सवार निजहरु लाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, स्कुटर सहित पक्राउ गरेको हो ।

       कञ्चनपुर:- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ गजरौला बजार नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ १८० मिलिग्राम सहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ गुलरिया बस्ने बर्ष  ३१ को पारस जोशी, सोही न.पा. ६ मौरिफाटा बस्ने बर्ष २३ को भरत रोकाया र सोही न.पा. ७ कलुवापुर बस्ने १८ वर्षिय किशोर रहेका छन  लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट गजरौला, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि  उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।