प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८३-०२-०४

  • A
  • A-
  • A+
Share

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ भन्सार कार्यालय नजिक, ऐ.८ कान्तिपुर टोल र कैलारी गा.पा.५ छोटि पलियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७२,१००।बराबरको चिनी, बिडी, बिभिन्न किसिमका कपडा, मसला, प्लाष्टिक थाली, मोजा, कट्टु लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०४

   दार्चुला:- जिल्ला दार्चुला महाकाली न.पा.४ बाङ्गाबगरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ४ ग्राम ९५० मिलिग्राम,  लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ३८ ग्राम १५० मिलिग्राम र डिजिटल तराजु थान १ सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दुहुँ गा.पा.१ स्थायी वतन भई हाल महाकाली न.पा.४ बाङ्गाबगर बस्ने बर्ष ३० को रबि कुवर, नौगाड गा.पा.१ दल्लेख बस्ने बर्ष २२ को देवेन्द्र चुनारा र व्यास गा.पा.१ तिङकर बस्ने बर्ष ३४ को प्रलभ तिंकरी रहेका छन् । रवि कुवँरको घरमा लागूऔषधको कारोवार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले घर कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

ट्याक्टरको ठक्करबाट स्कुटी चालकको मृत्यु
२०८३-०२-०४

      कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.४ आर्मी ब्यारेक नजिक अत्तरीयाबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र. ०१-००२ त ६८९९ नम्बरको ट्याक्टरले सोही दिशाबाट आउँदै गरेको सु.प.प्र.०१-०१४ प २६२८ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक जिल्ला अछाम, मेल्लेख गा.पा.६ बस्ने बर्ष ३७ को प्रभाकर भट्टराई गम्भिर घाईते भई उपचारको लागि सेति प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको हो । ट्याक्टर र ट्याक्टर चालक धनगढी उ.म.न.पा.४ बस्ने बर्ष ६३ को राम बहादुर थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।