प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

२०८३-०२-०५

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- सुक्लाफाँटा नगरपालिका-१२ तिल्की बस्ने ४० वर्षीया हरदुलिया रानाको माटोको ढिस्कोले पुरिएर सोमबार बिहान मृत्यु भएको छ । लालझाडी गाउँपालिका-४ जाइस्थित माटो खन्ने क्रममा माटोको ढिस्को खसेर हरदुलिया पुरिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलौरी समेतबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्धार गर्ने क्रममा उनको शव फेला परेको हो । साथै माटोको ढिस्कोले पुरिएर घाइते भएकी १ जनाको संजीवनी अस्पताल धनगढीमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।