अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०७
- A
- A-
- A+
कञ्चनपुर:- जिल्ला
कञ्चनपुर दोधारा चाँदनी नगरपालिका-१ पशुपति टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो
देखिने पदार्थ ४ ग्राम ६ सय ८० मिलिग्राम सहित भीमदत्त नगरपालिका-४ भगतपुर बस्ने
२७ वर्षीय विद्यान बिष्ट समेत २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका
प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित
पक्राउ गरेको हो ।
कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ चटकपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो
देखिने धुलो पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २० को अंकित धामी
समेत ६ जनालाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण
व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच
गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।