अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-१३
- A
- A-
- A+
कैलाली:- जिल्ला कैलाली बर्दगोरिया गा.पा.२ बर्दगोरियाबाट ५०० मिलिग्राम लागूऔषध
खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेहरूमा सोही न.पा.१ बस्ने बर्ष १९ को रोशन बिश्वकर्मा, १८
वर्षिय किशोर र घोडाघोडी न.पा.६ बस्ने
बर्ष १९ को अविशेक साउद रहेका छन । इलाका प्रहरी
कार्यालय सडकपुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि
चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित
पक्राउ गरेको हो ।