अबैध भन्सार छलका सामान सहित मानिस पक्राउ
२०८०-०२-०५
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८०/०२/०४ गते सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, ईलाका प्रहरी कार्यालय बेलौरी, त्रिभुवनबस्ति र गड्डाचौकी कञ्चनपुरवाट खटिएको संयुक्त प्रहरी टोलीले कञ्चनपुर जिल्लाका बिभन्न स्थानहरुवाट अन्दाजी रु. २,२८,९००।- बराबरको सामान र जि. कञ्चनपुर बेदकोट न.पा.३ दैजि.बस्ने बर्ष ३४ की राधा सार्की, भारत सैजानपुर बस्ने निरज, सोनु, टिटु, बाबु, राजकुमार र भारत बरेली जिल्ला भोजीपुर बस्ने मो ईरफान र ऐ.ऐ.बस्ने ईमराना, म. १ प ३२४० नं. को मो.सा. साईकल र रिक्सा उक्त सामान सहित बरामद गरि आवश्यक कार्वाहीको लागी भन्सार कार्यालयहरुमा बुझाईएको
कैलाली:- मिति २०८०।०२।०४ गते जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी सत्ती कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले कैलाली जिल्लाका बिभिन्न स्थानहरुवाट अन्दाजी रु ३६,०००।- बराबरको ईलेक्ट्रिक रन्दा मेसिन, चेक भल्भ, लेदर वकेट सोली पाईप लगायतका सामानहरु बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहिको लागि भन्सार कार्यालयहरुमा बुझाईएको ।