प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०२-१९

  • A
  • A-
  • A+
Share

      कैलाली:- जिल्ला कैलाली  धनगढी उप-महानगरपालिका १३ मोहनपुरबाट ३६० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा जिल्ला बैतडी, पाटन नगरपालिका ८ बस्ने बर्ष ३३ को ईन्द्र बहादुर बिष्ट र जिल्ला कञ्चनपुर लालझाडी गाउपालिका ११ बस्ने बर्ष २५ को शुसिल थापा मगर रहेका छन ।  प्रहरी चौकी कैलालीगाउँ, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो 

     यसैगरी, धनगढी उप-महानगरपालिका ३ बाट नियन्त्रित लागूऔषध स्पास (ट्रामाडोल) २९ ट्याबलेट सहित सोही ठाउँ बस्ने बर्ष २३ को रितेश थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त नियन्त्रित लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ  

     यसैगरी,  भजनी नगरपालिका ६ बिसनपुरबाट ६ ग्राम २९० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका ७ बस्ने बर्ष २३ को राजबिन महतो र १८ बर्षिय किशोर रहेका छन ।  जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

      कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा.१० बनपुरुवाबाट २ ग्राम १२० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेहरूमा बेलडाँडी गाउपालिका २ चौवन्नी खल्ला बस्ने बर्ष २३ को लोकेन्द्र राना, बर्ष २४ को सुरेन्द्र राना  र १८ बर्षिय किशोर रहेका छन ।  इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुर समेतबाट खटिएको प्रहरीले डी.एल. ३ एस.एफ.भी. २३२४ नम्बरको भारतिय मोटरसाइकलमा सवार निजहरु लाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि तिनै जनालाई उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो ।

    

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-०१

कैलाली:- जिल्ला कैलाली घोडाघोडी न.पा.१० लठैया स्थित भित्री सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १७० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २४ को जितेन्द्र चौधरीलाई आइतबार दिउँसो इलाका प्रहरी कार्यालय सुखड, कैलाली समेतबाट खटिएको प्रहरी टोलीले सु.प.प्र.०१-००८ प ५८३५ नम्वरको मोटरसाइकलमा सवार निजलाई शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी मोटरसाइकल सहित पक्राउ गरेको छ ।        यसैगरी, जिल्ला कैलाली टीकापुर न.पा.१ ब्लक नं. २९ मेन्थाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २७० मिलिग्राम सहित सोही ठाउँ बस्ने वर्ष २५ को नबिन भण्डारीलाई आइतबार साँझ इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।       यसैगरी, जिल्ला कैलाली टीकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३२० मिलिग्राम सहित जिल्ला बर्दिया, राजापुर न.पा.७ भिमापुर बस्ने वर्ष २१ को अमन चौधरीलाई आइतबार साँझ प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ । 

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-३१

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६३,९३०।– बराबरको बिडी, सुर्ति, किराना लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।       कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,४६,६००।– बराबरको पेय पदार्थ, विभिन्न किसिमका कपडा, पटका, झिरझिर बत्ति लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।