प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८३-०२-१९

  • A
  • A-
  • A+
Share

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १ महिना ६ दिन कैद र रु. १००० जरिवाना तोकिएको जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ७ बस्ने बिरेन्द्र रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोमबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चपुरको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।१८ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

१. कर्तब्य ज्यान मुद्धामा २ बर्ष ६ महिना कैद र २५,०००।– (पच्चिस हजार ) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर लालझाडी गा.पा. १ बस्ने बर्ष ३३ को प्रशु राना ।

२. लागुऔषध चरेश मुद्धामा १ बर्ष कैद र ५,०००।– (पाँच हजार ) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर भिमदत्त न.पा.५ बस्ने बर्ष ७० को पिउठा बोहरा ।

३. लागुऔषध खैरो हिरोईन मुद्धामा ५ बर्ष कैद र ५,०००।– (पाँच हजार ) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१८ भगतपुर बस्ने बर्ष २५ को कमल बहादुर चन्द ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।