प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०२-२१

  • A
  • A-
  • A+
Share

      कैलाली:- गोदावरी नगरपालिका-२ अत्तरीया डेरा गरी बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका-६ महेन्द्रनगर घर भएकी ३६ वर्षीया ममता भट्टलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

     कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा.८ पचुई स्थित हुलाकी राजमार्गबाट ९४० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ ३ जनालाई वुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्ला कैलाली, धनगढी उप-महानगरपालीका ३ बडहरा गाउ बस्ने वर्ष २४ को प्रकाश चौधरी, वर्ष २५ को शिव चौधरी र वर्ष २२ को अविनास चौधरी रहेका छन ।  प्रहरी चौकी पचुई, कञ्चनपुरबाट खटिएको प्रहरीले से ३ प १९८४ नम्बरको मोटरसाइकलमा सवार निजहरु लाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि तिनै जनालाई उक्त पदार्थ, मोटरसाइकल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।