फरार प्रतिबादी पक्राउ
२०८३-०२-२२
- A
- A-
- A+
कैलाली:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लेनदेन साँवा
व्याज भराई पाउँ मुद्दामा १ बर्ष कैद सजाय तोकिएको कैलारी गा.पा.४
भितरिया बस्ने वर्ष ४४ को खुसि राम चौधरीलाई इलाका
प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरीले
विहीबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।
कञ्चनपुर:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।११।२७ गतेको फैसलाले बहु-विबाह मुद्दामा १ बर्ष कैद सजाय र
रु.१०,०००।- जरिवाना तोकिएको बेलडाँडी गा.पा.५
झिलमिला बस्ने बर्ष ३५ को अमर सिंह रानालाई इलाका
प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरीले
विहीबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।