प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

२०८३-०२-२४

  • A
  • A-
  • A+
Share

      दार्चुला:- जिल्ला दार्चुला महाकाली न.पा.४ मोहती स्थित सोही न.पा.५ वस्ने बर्ष ४१ को जय सिह ठगुन्नाले सञ्चालन गरेको गोर्खा होटलबाट जुवातास खेलिरहेको अवस्थामा निज जय सिह ठगुन्ना सहित ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले निजहरूलाई नगद रु.१,६२,७५०।र २ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।    

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-२४

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ भन्सार कार्यालय नजिक र भजनी न.पा.७ हिक्मतपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३९,४५०।– बराबरको चिनी, पेय पदार्थ, कुरकुरे, साडी, सुटपिस, तन्ना, सुपारी, प्लाष्टिक झिल्ली लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।          कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.५ तिनतारा र ऐ. ११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३३,०००।– बराबरको साडी, किराना लगायतका सामानहरु शनिबार इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-२२

      कैलाली:-  धनगढी उपमहानगरपालिका-३ मोहना नदी किनारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने १८ वर्षीया किशोरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।     प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।       यसैगरी, लम्कीचुहा न.पा.६ चैनपुरबाट सोही ठाउँ बस्ने बर्ष २१ को बिकास थापा मगरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम २० मिलिग्राम सहित विहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरीले निजको घर कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।