प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८३-०२-२५

  • A
  • A-
  • A+
Share

     कैलाली :- १८ वर्षीया वालिकालाई मिति २०८३।०२।२१ गते राति सोही ठाउँ स्थित खेतवारीमा जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उप-महानगरपालिका १६ बेहडाबाबा बस्ने बर्ष २१ को प्रदिप चन्द समेत ३ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । निजहरु तिनै जनाले ती वालिकालाई जबरजस्ती करणी गरेको भनि वालिकाको आफन्तले दिएको उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बेहडाबाबा, कैलालीबाट खटिएको प्रहरीले निजहरुलाई आईतबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-२५

      डडेल्धुरा:- डडेल्धुरा जिल्लाको बिभिन्न स्थानहरु परशुराम न.पा.९ कुयापानी र ऐ.१२ जोगबुढाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५१,८९०।– बराबरको बिडी, छाता, पास्ता, प्लाष्टिक झिल्ली लगायतका सामानहरु आइतबार इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।         कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.४ बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३०,२००।– बराबरको किराना लगायतका सामानहरु आइतबार वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-२४

      कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ भन्सार कार्यालय नजिक र भजनी न.पा.७ हिक्मतपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३९,४५०।– बराबरको चिनी, पेय पदार्थ, कुरकुरे, साडी, सुटपिस, तन्ना, सुपारी, प्लाष्टिक झिल्ली लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।          कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.५ तिनतारा र ऐ. ११ गड्डाचौकीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३३,०००।– बराबरको साडी, किराना लगायतका सामानहरु शनिबार इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।