प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

खेत जोत्दा ट्याक्टर पल्टिएर मृत्यु

२०८३-०२-२६

  • A
  • A-
  • A+
Share

    कैलाली:- जिल्ला कैलाली लम्किचुहा न.पा.६ गप्का स्थित सोही ठाउँ वस्ने बर्ष ५० को रामलाल थारुले से २ त ३८०२ नम्बरको ट्याक्टरले आफ्नै ससुरालिको खेत जोतिरहेको अवस्थामा उक्त ट्याक्टर पल्टिन गई ट्याकटरले च्यापिई सोमबार दिउँसो घटनास्थलमा नै मृत्यु भएको हो । घटना सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।