फरार प्रतिबादी पक्राउ
२०८३-०२-२६
- A
- A-
- A+
कैलाली:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले
कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।२५
गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
१. सवारी
ज्यान मुद्दामा ६ महिना कैद सजाय र रु.४,०००।– जरिवाना तोकिएको घोडाघोडी न.पा.१ बस्ने खडक रेश्मी मगर ।
२. सवारी
ज्यान मुद्दामा २ महिना कैद सजाय तोकिएको शुक्लाफाँटा न.पा. १० बस्ने खेमराज जोशी
।
३. लागूऔषध मुद्दामा
१ वर्ष कैद सजाय र रु.५,०००।– जरिवाना तोकिएको जिल्ला बझाङ वित्थडचिर
गा.पा.२ बस्ने धन वहादुर बोहरा ।