पेस्तोल लगायत विभिन्न समान सहित सहित एक जना नियन्त्रणमा
२०८३-०२-२७
- A
- A-
- A+
कैलाली:- देश भारत जिल्ला लखिमपुर खिरी घर भई हाल धनगढी उ.म.न.पा.५ सत्कार चोक स्थित कोठा गरि बस्ने बर्ष २४ को साहिल खानलाई कटुवा पेस्तुल थान -१, खुकुरी थान-१, फलामको रड थान-१, रेन्च थान-१, डिजिटल काटा थान-१, चाँदिको जस्तो देखिने माला थान-२, फलामको टी थान-१ र टर्चलाईट थान-२ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरीले शंका लागि निजको कोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार र सामान फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।