प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८३-०२-२७

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।२६ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

१. कर्तव्य ज्यान मुद्दामा २ बर्ष ६ महिना कैद सजाय र रु.२५,०००।– जरिवाना तोकिएका बेलौरी न.पा.१ मटैया बस्ने बर्ष २८ को सरोज राना र सोही ठाउँ बस्ने बर्ष २२ को राहुल राना  ।

२. मानव बेचबिखन तथा ओसार पसार मुद्दामा १ बर्ष कैद सजाय र रु.१०,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, अमरगढी न.पा.८ बस्ने बर्ष ५२ को लक्ष्मी दत्त पाण्डे ।

३. बिद्युतिय कारोबार मुद्दामा ६ महिना कैद सजाय र रु.१०,०००।– जरिवाना तोकिएको लालझाडी गा.पा.२ कञ्ज बस्ने बर्ष २६ को नबिन राना ।

४. सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय तोकिएको पुनर्वास न.पा.२ अर्निकोबस्ती बस्ने बर्ष २८ को केशव सिंह योञ्जन ।

५. लागूऔषध चरेश मुद्दामा ६ महिना कैद सजाय तोकिएको भिमदत्त न.पा.२ बस्ने बर्ष २६ को बसन्त जोशी ।

६. राष्ट्रिय बन क्षेत्रबाट बिना ईजाजत बन पैदावार हटाएको मुद्दामा १ महिना कैद सजाय तोकिएका बेलौरी न.पा.५ बस्ने बर्ष ४० को गंगा राम चौधरी र सोही ठाउँ बस्ने बर्ष ३८ को बुद्दिराम चौधरी ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।