प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८३-०२-२८

  • A
  • A-
  • A+
Share

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा. ७ बेलीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,००,०००।– बराबरको बोईलर कुखुरा र कुखुरा बोक्न प्रयोग भएको मोटरसाइकल थान-२ सहित वुधबार अस्थायी प्रहरी पोष्ट जुगेडा र प्रहरी चौकी कनरी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८३-०२-२८

      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।२७ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।१. बिद्युतिय कारोबार सम्बन्धी कसुर मुद्दामा ६ महिना कैद सजाय र रु.१०,०००।– जरिवाना तोकिएको लालझाडी गा.पा.२ बस्ने बर्ष ३२ को शंकर राना  ।२. लागूऔषध खैरो हेरोइन मुद्दमा ३ महिना कैद सजाय तोकिएको भिमदत्त न.पा.२ भाँसि बस्ने बर्ष २३ को सिजन नेगी ।    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।२७ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।१. लागूऔषध मुद्दामा ३ महिना कैद सजाय तोकिएको लम्कीचुहा न.पा.४ बस्ने दिपक सुनार ।२. लागूऔषध मुद्दामा ७ महिना कैद सजाय तोकिएको भजनी न.पा.६ बस्ने रुप भण्डारी ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-२८

      कैलाली:- जिल्ला कैलाली गोदावरी न.पा.६ बडेहाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ २०० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २५ को सुनिल रानालाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषधको कारोवार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरीले निजको घर कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.१८ बागवाणीबाट नियन्त्रित लागूऔषध फेनारगन २१ एम्पुल, ब्रोफिन २१ एम्पुल र ५ML को सिरिन्ज थान-३ सहित सोही ठाउँ बस्ने १८ बर्षिय किशोरलाई  वुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिबादी पक्राउ
२०८३-०२-२७

      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।२६ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।१. कर्तव्य ज्यान मुद्दामा २ बर्ष ६ महिना कैद सजाय र रु.२५,०००।– जरिवाना तोकिएका बेलौरी न.पा.१ मटैया बस्ने बर्ष २८ को सरोज राना र सोही ठाउँ बस्ने बर्ष २२ को राहुल राना  ।२. मानव बेचबिखन तथा ओसार पसार मुद्दामा १ बर्ष कैद सजाय र रु.१०,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, अमरगढी न.पा.८ बस्ने बर्ष ५२ को लक्ष्मी दत्त पाण्डे ।३. बिद्युतिय कारोबार मुद्दामा ६ महिना कैद सजाय र रु.१०,०००।– जरिवाना तोकिएको लालझाडी गा.पा.२ कञ्ज बस्ने बर्ष २६ को नबिन राना ।४. सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय तोकिएको पुनर्वास न.पा.२ अर्निकोबस्ती बस्ने बर्ष २८ को केशव सिंह योञ्जन ।५. लागूऔषध चरेश मुद्दामा ६ महिना कैद सजाय तोकिएको भिमदत्त न.पा.२ बस्ने बर्ष २६ को बसन्त जोशी ।६. राष्ट्रिय बन क्षेत्रबाट बिना ईजाजत बन पैदावार हटाएको मुद्दामा १ महिना कैद सजाय तोकिएका बेलौरी न.पा.५ बस्ने बर्ष ४० को गंगा राम चौधरी र सोही ठाउँ बस्ने बर्ष ३८ को बुद्दिराम चौधरी ।

पेस्तोल लगायत विभिन्न समान सहित सहित एक जना नियन्त्रणमा
२०८३-०२-२७

कैलाली:- देश भारत जिल्ला लखिमपुर खिरी घर भई हाल धनगढी उ.म.न.पा.५ सत्कार चोक स्थित कोठा गरि बस्ने बर्ष २४ को साहिल खानलाई कटुवा पेस्तुल थान -१, खुकुरी थान-१, फलामको रड थान-१,  रेन्च थान-१, डिजिटल काटा थान-१, चाँदिको जस्तो देखिने माला थान-२, फलामको टी थान-१ र टर्चलाईट थान-२ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरीले शंका लागि निजको कोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त हतियार र सामान फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।  

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०२-२६

      कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.११ चौकीसत्ता र ऐ.१७ बाँसखेडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२२,०००।– बराबरको हेडफोन, स्पिकर, जेमेक्ट्रीबक्स, कपी, भारतिय नम्बरको मोटरसाइकल लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।       कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.३ सिसा पोष्ट नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७९,९००।– बराबरको वाल पेपर रोल, ग्रास कार्पेट, व्यानर, फ्रेम लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।