प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणम

२०८३-०२-३१

  • A
  • A-
  • A+
Share

     कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ त्रिनगर र ऐ.१३ मोहनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७८,९२०।– बराबरको सुर्ति, सुटपिस, स्याम्पु, साबुन, सरप, किराना लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।  

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८३-०२-३०

      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०२।२९ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।१. नकवजनी चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय र रु.१२,५००।– जरिवाना तोकिएको भिमदत्त न.पा.१८ बागवाणी बस्ने बर्ष २८ को रोशन दमाई । २. लागूऔषध खैरो हेरोइन मुद्दामा २० दिन कैद सजाय तोकिएको कृष्णपुर न.पा.२ वाणी बस्ने बर्ष २४ को चन्द्र बहादुर चन्द ।३. सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय तोकिएको बेदकोट न.पा.२ दैजी बस्ने बर्ष ४६ को रमेश बहादुर बोहरा ।    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले डाँका चोरी मुद्दामा ६ बर्ष कैद सजाय र रु.३३,७५०।- जरिवाना तोकिएको धनगढी उ.म.न.पा.१८ बस्ने बर्ष ३२ को रमेश खड्कालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शुक्रबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-२९

       कैलाली:- धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ बस्ने २४ वर्षीय पवन गुप्तालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       यसैगरी, जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सोही न.पा.१ ब्लक नम्बर २३  बस्ने १८ बर्षिय किशोरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।